Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जापानमा आठ वर्षपछि पुनः हरितगृह ग्यास उत्सर्जनमा वृद्धि


२४ वैशाख, एजेन्सी । जापानको आर्थिक वर्ष २०२१ मा हरितगृह ग्यास उत्सर्जन आठ वर्षयता पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानको वातावरण मन्त्रालयले अप्रिलमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्कअनुसार मार्च २०२२ मा समाप्त भएको आर्थिक वर्षमा राष्ट्रिय उत्सर्जन १.१७ अर्ब टन कार्बन डाइअक्साइड बराबर थियो, जुन अघिल्लो वर्षको तुलनामा २.३ करोड टन वा २.० प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०२० मा यो आँकडा लगातार सातौं वर्ष निकै तल झरेको थियो । कोभिड–१९ को महामारीका बेला पनि आर्थिक गतिविधिमा सुधार भइरहेकाले औद्योगिक तथा यातायात क्षेत्रमा ऊर्जा खपतमा आएको वृद्धिका कारण यस्तो वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

वनले अवशोषित गर्ने ग्याँसहरू कुल उत्सर्जनबाट घटाइन्छ । यो आँकडा १.१२ अर्ब टनमा पुगेको र आर्थिक वर्ष २०२० को तुलनामा २.० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

यद्यपि यो आँकडाले आर्थिक वर्ष २०१३ को स्तरबाट २०.३ प्रतिशतले गिरावटको प्रतिनिधित्व गर्दछ, जुन जापानले आधार वर्षको रूपमा प्रयोग गर्दछ । यो अझै पनि वित्तीय वर्ष २०३० सम्ममा ग्याँसलाई ४६ प्रतिशतले घटाउने आफ्नो लक्ष्यबाट टाढा छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?