Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

जलवायु परिवर्तनको असरबारे स्थानीयमा पर्याप्त जानकारी छैनः उपसभामुख


२३ वैशाख ,डोल्पा । जलवायु परिवर्तनले स्थानीयमा पारेको असरबारे जानकारी लिन उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली डोल्पाको फोक्सुण्डो क्षेत्रमा आइपुगेको छ ।

टोलीले दुनैहुँदै शे फोक्सुण्डो ताल क्षेत्र पुगी स्थानीयसँग भेटघाट र अन्तक्र्रिया गरेको छ । शे फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको अन्तक्र्रिया उपसभामुख रानामगरले जलवायु परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पुर्याएको बारे स्थानीयमा त्यसबारे पर्याप्त जानकारी नभएको बताईन् ।

“जलवायु परिवर्तनले यस क्षेत्रमा ठूलो समस्या पारेको छ । प्रकृतिको संरक्षण हुन सकेको छैन । त्यसले पर्यटनलाई प्रभावित बनाएको छ । यसलाई रोक्न सबैको सहकार्य जरुरी छ”, उनले भनिन् ।वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा आयोजना गरेको कार्यक्रममा रानामगरले भनिन् ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र यसबारे अदालतले यसबारे विभिन्न निर्णय गरेको बताईन् । “प्रकृतिको पनि आत्मसम्मान हुन्छ । त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ । यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ, नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक छ”, उनले भनिन् ।

न्यायाधीश मल्लले सरकारले विशेषरुपमा यसतर्फ ध्यान दिनुपर्ने बताईन् । राष्ट्रियसभाका सांसद एवं पूर्वपरराष्ट्र मन्त्री डा विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताईन् । उनले यसबारे संसदमा आवाज उठाउने बताईन् ।

शे फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, वडा न ८ का वडा अध्यक्ष निमा लामालगायतले केन्द्रबाट आएको टोलीसमक्ष ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेश गरेको थियो ।

वन मन्त्रालय, शे फुक्सुण्डो गाउँपालिका, नेपाल टेलिकम, नेपाल, दूरसञ्चार प्राधिकरण, डब्ल्यूडब्ल्यूएफसहितको सहकार्य र समन्वयमा भएको कार्यक्रममा स्थानीयले जलवायु परिवर्तनका असर र समस्या राखेका थिए ।

आयोजक संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिई सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताईन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?