Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

रूखको हाँगा खसेर एक जनाको मृत्यु


२३ वैशाख, कञ्चनपुर । रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ ।

सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । “अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन”, प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?