Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

पाकिस्तानी एयरलाइन्सले बेइजिङको भाडा ३० प्रतिशतले घटायो


२३ वैशाख, एजेन्सी । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुबै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ ।

पीआईएका प्रवक्ताले शनिबार दिएको जनाकारीअनुसार विद्यार्थी र व्यवसायीको बारम्बारको आग्रहलाई ध्यानमा राखेर कम्पनीले भाडा घटाएको पीआईएका प्रवक्ता अब्दुल्लाह हफिज खानले बताएका छन् ।

“बेइजिङका लागि उडान पुनःसशुरु गरेपछि ठूलो सङ्ख्यामा विद्यार्थी र व्यवसायी चीन पुगेका छन् । उनीहरूले पीआईएलाई कोभिड–१९ को पूर्वटिकट मूल्यमा भाडा समायोजन गर्न बारम्बार अनुरोध गरेका त थिए त्यसैले हामीले द्विपक्षीय यात्रालाई सहज बनाउन यो गर्यौंक,” खानले सिन्ह्वालाई भने ।

गत वर्षको डिसेम्बरयता हवाई भाडा २३ प्रतिशत र पछि २७ प्रतिशतले घटाइएपछि विद्यार्थीले भाडामा तेस्रो पटक छुट पाउने भएका छन् ।

स्टेट बैंक अफ पाकिस्तानले जनाएअनुसार पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा फेब्रुअरी २०२० देखि ८४ प्रतिशतले अवमूल्यन भएको छ जसले हवाई भाडा अकासिएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?