Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मध्यपूर्वकी नेपाली मोडल चाँदनी


२३ वैशाख, काठमाडौं । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ ।

हुन पनि प्रायः नेपालीहरू यी देशमा कामकै सिलसिलामा त्यहाँ पुग्ने गरेका छन् । खाडी मुलुक भएकाले कडा नियमसँगै तडकभडक बिनाको जीवनशैली भन्ने पहिचान त छँदैछ । त्यसैले पनि यी देशमा मोडलिङको काम या व्यवसाय के होला भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो ।

तर कामकै सिलसिलामा युएई पुगेर पनि आफ्नो अर्कै पहिचान बनाएको नेपाली नाम हो, चाँदनी । कामका लागि त्यहाँ पुगेर पनि आफ्नो रुचिअनुसारकै काम गर्न र त्यसलाई व्यवसायमा ल्याउन उनी सफल भएकी छिन् । बाल्यकालदेखि नै चलचित्रकी सौखिन चाँदनी पाठक दुवईकी यस्तै एक व्यावसायिक मोडल हुन् । अहिले उनले आफ्नो पहिचान नेपाली गन्तव्य मुलुककी एक सफल मोडलका रूपमा स्थापित गरिसकेकी छिन् ।

सन् २००९ मा आयोजना भएको ‘मिस नेपाल’ मा सहभागी भएपछि उनको मोडलिङको यात्रा सुरु भएको हो । अन्तिम पन्ध्रसम्मको यात्रा तय गरेपछि पाठक बाहिरिईन् । त्यसपछि उनले म्युजिक भिडियोमा अभिनय, नृत्य निर्देशनलाई निरन्तरता दिईन् । त्यसरी सुरु भएको उनको सोख अहिले व्यवसायमा परिणत भएको छ । अहिले युएईकी एक सफल मोडलका रूपमा उहाँ यहाँका नेपालीमाझ परिचित छिन् ।

‘मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडि बढाएँ । चार वर्षसम मोडलिङसँगै जोडिएको विधामा सक्रिय रहँदा नै कामकै सिलसिलामा दुबई पुगेकी हुँ’, मोडल पाठकले भनिन्, ‘एक वर्षका लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ । आफ्नै व्यापार छ । मोडलिङ पनि गरिरहेकी छु ।’ दुबई पुगेर उनले सातको हाराहारीमा भिडियोमा काम गरिसकेकी छिन् । प्रायः नेपाली समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उनको सहभागिता हुने गर्दछ । यहाँको स्थानीय भाषामा बन्ने भिडियोमा अभिनय गर्ने तयारीसमेत भइरहेको उ्नले जानकारी दिईन् ।

‘म दुबई पुगेपछि आफ्नै काममा केन्द्रित थिएँ तर आफ्नो इच्छालाई धेरै समय दबाउन सकिन । मेरो तस्बिर देखेर नै मलाई स्थानीय मोडलिङ एजेन्सीले अफर गर्नुभएको हो’, मोडल पाठकले भनिन् । र्याम्प शोका लागि खिचाएको तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएपछि उनी नेपाली समाजको प्रतिनिधिसमेत बनिन् ।

यतिखेर भने उनी इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हाल जारी ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीसँग मोडलिङमै साक्षात्कार गर्न काठमाडौँ आएकी हुन् । सङ्घर्षको समयमा साझा मञ्च नहुँदा भोग्ने परिस्थितिसँग अभ्यस्त भएकाले पनि विश्वभर रहेका नेपालीलाई एउटै शोमा देख्दा खुसी लागेको मोडल पाठकले बताईन् ।

नेपाल टेलिभिजनमा बुधबार र बिहीबार राति ‘मेरो भ्वाइस युनिभर्स’ र नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार ‘मेरो डान्स युनिभर्स’ को प्रसारण यसै साताबाट सुरु भएको छ । सो प्रतियोगिताका विजेतालाई नेपालमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिको पुरस्कारको व्यवस्था छ । यी दुवै शोमा प्रथम हुनेले रु एक करोड, द्वितीयले रु ३० लाख र तृतीयले रु २० लाख प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?