Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त


२३ वैशाख, एजेन्सी । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९:३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो।

युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो। दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए।

लडाकु विमानको अधिकांश भाग जलेको छ। घटनास्थल नजिक कुनै घर लगायत अन्य संरचना नभाएकाले अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?