Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह


२२ वैशाख ,चैनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सबै मिलेर प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । बझाङका विभिन्न ठाउँको अवलोकन तथा भम्रणका क्रममा उनले लामो समयपछि प्राप्त भएको लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई संरक्षण गर्न सबै एकै ठाउँमा लाग्नुपर्ने बताए ।

जिल्लाका कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्दै उनले कर्मचारी र जनप्रतिनिधिका क्रियाकलापका कारणले मुलुक कमजोर हुने अवस्था आउन नदिन विचार पुर्याउनुपर्ने बताए ।

उनले भने, “प्रदेश सरकारलाई पूर्णता दिई प्रदेश लोक सेवालाई छिटोछरितो बनाइ कर्मचारी पदपूर्तिको कुरामा मेरो ध्यान गएको छ, बझाङ जलस्रोत, जडिबुटी, कृषि र पर्यटनका लागि सम्भावना भएको जिल्ला भएकाले ठोस नीति र कार्यक्रम बनाएर अगाडि बढ्ने विगतका वर्षमा योजना किनबेचका कुरा आएकाले योजना प्रक्रियागत रुपमा स्थानीय तहबाट महत्वपूर्ण योजना छनोट गरी पठाउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्छु ।”

योजनामा कुनै विचौलिया, दलाल सक्रिय भएको खण्डमा त्यसलाई रोक्नुपर्ने र त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । योजनाका नाममा बदमासी गर्न खोजेमा कसैलाई पनि छुट नहुनेमा उनले जोड दिए ।

मुख्यमन्त्री शाहले बझाङ पुगेर ताक्लाकोट सडकलगायतका विभिन्न योजनाको अनुगमन गरे । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह, बाजुराबाट प्रदेश (२) का प्रदेशसभा सदस्य पदम शाही पनि बझाङ आइपुगेका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?