Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह


२२ वैशाख ,चैनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सबै मिलेर प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । बझाङका विभिन्न ठाउँको अवलोकन तथा भम्रणका क्रममा उनले लामो समयपछि प्राप्त भएको लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई संरक्षण गर्न सबै एकै ठाउँमा लाग्नुपर्ने बताए ।

जिल्लाका कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्दै उनले कर्मचारी र जनप्रतिनिधिका क्रियाकलापका कारणले मुलुक कमजोर हुने अवस्था आउन नदिन विचार पुर्याउनुपर्ने बताए ।

उनले भने, “प्रदेश सरकारलाई पूर्णता दिई प्रदेश लोक सेवालाई छिटोछरितो बनाइ कर्मचारी पदपूर्तिको कुरामा मेरो ध्यान गएको छ, बझाङ जलस्रोत, जडिबुटी, कृषि र पर्यटनका लागि सम्भावना भएको जिल्ला भएकाले ठोस नीति र कार्यक्रम बनाएर अगाडि बढ्ने विगतका वर्षमा योजना किनबेचका कुरा आएकाले योजना प्रक्रियागत रुपमा स्थानीय तहबाट महत्वपूर्ण योजना छनोट गरी पठाउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्छु ।”

योजनामा कुनै विचौलिया, दलाल सक्रिय भएको खण्डमा त्यसलाई रोक्नुपर्ने र त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । योजनाका नाममा बदमासी गर्न खोजेमा कसैलाई पनि छुट नहुनेमा उनले जोड दिए ।

मुख्यमन्त्री शाहले बझाङ पुगेर ताक्लाकोट सडकलगायतका विभिन्न योजनाको अनुगमन गरे । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह, बाजुराबाट प्रदेश (२) का प्रदेशसभा सदस्य पदम शाही पनि बझाङ आइपुगेका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?