Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै


२२ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ ।

यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्काशन हुनेछ । लगानीकर्ताले घटीमा रू १० हजार र बढीमा कुल निष्काशित रकमको सीमासम्म रू १० हजारले निशेष भाग जाने अङ्क बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । यो बचतपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ ।

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैङ्कको वेभसाइटमा रहेको अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेटन् । आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सस्केछन् । लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आपूmले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ । यदि नखुलाइएको भए राष्ट्र बैङ्कले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?