Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

युक्रेनले पुटिनमाथि आक्रमण प्रयास नगरेको जेलेन्स्कीको दावी


२२ वैशाख, एजेन्सी । युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपतिले खण्डन गरेका छन्।

फिनल्यान्ड भ्रमणमा रहेका भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे रूसी दाबीको खण्डन गर्दै भने,“हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ । हामी आफ्नो भूभागका लागि लड्छौँ । हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ ।”

यसअघि रूसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो ।

रूसले बदलामा आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको थियो ।

रूसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई ‘योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास’ को संज्ञा दिएको थियो ।

अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका थिए भने राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणका समय रूसी नेता पुटिन क्रेमलिनमा नरहेको बताएका थिए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?