Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सुडानमा जारी द्वन्द्वका कारण ८ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने


२२ वैशाख, एजेन्सी । युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तूममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ ।

पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ युद्धविरामको पालना गर्न तयार रहेको बताएको थियो । तर अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बाट यस सम्बन्धमा कुनै प्रतिक्रिया आइसकेको छैन।

खार्तूममा प्रत्यक्षदर्शीहरूले ५० लाख जनसङ्ख्या भएको शहरमा बिहान सबेरै सडकमा ठूलो विस्फोट र गोली हानाहान भएको र दिनको समयमा झडप भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले आरएसएफले खार्तुमस्थित भारतीय दूतावासमा आक्रमण गरेको आरोप लगाएको छ, तर यसलाई कूटनीतिक नियोगले तत्काल पुष्टि गरेको छैन ।

गत अप्रिल १५ मा सुडानका नेता अब्देल फतह अल–बुरहान र आरएसएफका प्रमुख मोहम्मद हमदान डग्लोबीच भीषण शहरी युद्ध सुरु भएको थियो ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार यस लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्युका घटना खार्तुम र डार्फरमा भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले उत्तर अफ्रिकी मुलुकबाट आठ लाख ६० हजार मानिसलाई स्वदेश फर्काउने तयारी गरिरहेको र अक्टोबरसम्ममा उनीहरूलाई सहयोग गर्न ४४ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

यूएनएचसीआरका सहायक अपरेशन प्रमुख राउफ माजौले भने, “बढ्दो आवश्यकतालाई सम्बोधन गर्न हामीलाई तत्काल समयमै, नयाँ कोषको आवश्यकता छ । आवश्यकताहरू विशाल छन्, र चुनौतीहरू असङ्ख्य छन् । यदि यो सङ्कट जारी रह्यो भने यस क्षेत्रमा शान्ति र स्थिरता खतरामा पर्न सक्छ ।”

सुडानमा युद्ध सुरु भएयता स्वदेशी तथा विदेशी गरी एक लाख १५ हजारभन्दा बढी मानिस सुडानबाट बाहिरिएका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?