Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर


२१ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।

इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताए ।

आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताए । “नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ”, उनले भने, “जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए । उनले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताए  ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ भने लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?