Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने


२१ वैशाख, काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की सो मितिमा देशभर प्रदर्शन गर्न लागिएको हो ।

डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको  वेषभूषामा  कुप्रथाका रूपमा अझै कायम रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताए । चलचित्रको डोल्पाको शे फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथावस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।

चलचित्रको निर्देशन देवजङ्ग थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण गरिएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा हुनुहुन्छ । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका छन् भने ‘स्क्रिन प्ले’ शेखर लामाको छ । चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

 


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?