Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पाँच वर्षमा पनि पूरा भएन मिनि रङ्गशाला


२१ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन ।

विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले रु ४१ करोड ६२ लाखमा गिरी कन्सट्रक्सनलाई तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको हो । सिन्धुपाल्चोकको गौरवको आयोजना पाँच वर्ष पुगी सक्दासमेत ५० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।

डिपिआरमा उल्लेख गरिएअनुसार रङ्गशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारापिट निर्माण हुनेछ । रङ्गशालाभित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिने गरी निर्माण हुँदैछ । निर्माण व्यवसायीले निर्माण सामग्री छरपष्ट पारेका छन् । जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेललकुदका गतिविधि ठप्प छन् । उनका अनुसार निर्माण सामग्री थुपारिएको कारण खेलमैदान प्रयोगमा ल्याउन सकिएको छैन ।

“ठेकदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । कसैले यसमा चासो दिएको देखिएन”, श्रेष्ठले बताए । निर्माण व्यवसायीको ढिलासुस्तीपछि चौताराका युवाले आफैँले खर्च गरेर मैदानलाई सम्याएका छन् । “केही न केही खेलकुदका गतिविधि गर्न पर्यो भनेर हामीले आफैँले खर्च जुटाएर मैदान सम्याएका हौँ”,  लायन्स क्लबका अध्यक्ष सन्देश श्रेष्ठले भने । चौतारा साँगाचोकगढी नगरपालिका–५ टुँडिखेलमा रङ्गशाला निर्माण गर्न लागिएको हो ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?