Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पाँच वर्षमा पनि पूरा भएन मिनि रङ्गशाला


२१ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन ।

विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले रु ४१ करोड ६२ लाखमा गिरी कन्सट्रक्सनलाई तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको हो । सिन्धुपाल्चोकको गौरवको आयोजना पाँच वर्ष पुगी सक्दासमेत ५० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।

डिपिआरमा उल्लेख गरिएअनुसार रङ्गशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारापिट निर्माण हुनेछ । रङ्गशालाभित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिने गरी निर्माण हुँदैछ । निर्माण व्यवसायीले निर्माण सामग्री छरपष्ट पारेका छन् । जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेललकुदका गतिविधि ठप्प छन् । उनका अनुसार निर्माण सामग्री थुपारिएको कारण खेलमैदान प्रयोगमा ल्याउन सकिएको छैन ।

“ठेकदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । कसैले यसमा चासो दिएको देखिएन”, श्रेष्ठले बताए । निर्माण व्यवसायीको ढिलासुस्तीपछि चौताराका युवाले आफैँले खर्च गरेर मैदानलाई सम्याएका छन् । “केही न केही खेलकुदका गतिविधि गर्न पर्यो भनेर हामीले आफैँले खर्च जुटाएर मैदान सम्याएका हौँ”,  लायन्स क्लबका अध्यक्ष सन्देश श्रेष्ठले भने । चौतारा साँगाचोकगढी नगरपालिका–५ टुँडिखेलमा रङ्गशाला निर्माण गर्न लागिएको हो ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?