Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

अफगानिस्तानलाई आयरल्याण्डले दियो १५ लाख युरो आर्थिक सहयोग


२१ वैशाख, एजेन्सी । अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) का लागि १५ लाख युरो बराबरको नयाँ आर्थिक सहायता प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

ओसिएचएले मङ्गलबार ट्वीटरमा अफगानिस्तानका जनताका लागि आयरल्याण्डले हालै गरेको महत्वपूर्ण योगदानको कदर गर्दै थप मानवीय सहायता आपूर्तिले आम अफगानीको जीवनमा लाभकारी प्रभाव पार्ने बताएको छ ।

सन् २०२१ को अगष्टमा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमाएपछि पूरै अफगानिस्तानमा गरिबी र भोकमरीमा उल्लेखनीय वृद्धि भएको छ ।

सन् २०२३ मा करिब दुई करोड ८३ लाख अफगानी अर्थात् देशको जनसङ्ख्याको करिब दुई तिहाइलाई तत्काल मानवीय र सुरक्षात्मक सहायताको आवश्यकता पर्ने ओसीएचएलाई उद्धृत गरी खामा प्रेसले जनाएको छ ।

यस वर्षको सुरुमा विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा खराब मानवीय विपत्ति अफगानिस्तानमा भएको थियो । मात्रा र तीव्रता दुवैको सन्दर्भमा, यसले एक कठोर गिरावटलाई सङ्केत गर्दछ ।

मानवीय संस्थाहरूले अन्तर्राष्ट्रिय जगतलाई अफगानी जनताको साथमा ऐक्यबद्धता कायम राख्न र यस कठिन घडीमा उनीहरूलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।

तालिवान सरकारले विशेषगरी महिला र बालिकामाथि लगाएको प्रतिबन्धका बावजुद सन् २०२३ मा अफगानिस्तानका जनतालाई आफ्नो जीवनरक्षक सहयोग प्रदान गर्न सहायता संस्था र मानवीय संस्थाहरू प्रतिबद्ध छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?