Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

अफगानिस्तानलाई आयरल्याण्डले दियो १५ लाख युरो आर्थिक सहयोग


२१ वैशाख, एजेन्सी । अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) का लागि १५ लाख युरो बराबरको नयाँ आर्थिक सहायता प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

ओसिएचएले मङ्गलबार ट्वीटरमा अफगानिस्तानका जनताका लागि आयरल्याण्डले हालै गरेको महत्वपूर्ण योगदानको कदर गर्दै थप मानवीय सहायता आपूर्तिले आम अफगानीको जीवनमा लाभकारी प्रभाव पार्ने बताएको छ ।

सन् २०२१ को अगष्टमा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमाएपछि पूरै अफगानिस्तानमा गरिबी र भोकमरीमा उल्लेखनीय वृद्धि भएको छ ।

सन् २०२३ मा करिब दुई करोड ८३ लाख अफगानी अर्थात् देशको जनसङ्ख्याको करिब दुई तिहाइलाई तत्काल मानवीय र सुरक्षात्मक सहायताको आवश्यकता पर्ने ओसीएचएलाई उद्धृत गरी खामा प्रेसले जनाएको छ ।

यस वर्षको सुरुमा विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा खराब मानवीय विपत्ति अफगानिस्तानमा भएको थियो । मात्रा र तीव्रता दुवैको सन्दर्भमा, यसले एक कठोर गिरावटलाई सङ्केत गर्दछ ।

मानवीय संस्थाहरूले अन्तर्राष्ट्रिय जगतलाई अफगानी जनताको साथमा ऐक्यबद्धता कायम राख्न र यस कठिन घडीमा उनीहरूलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।

तालिवान सरकारले विशेषगरी महिला र बालिकामाथि लगाएको प्रतिबन्धका बावजुद सन् २०२३ मा अफगानिस्तानका जनतालाई आफ्नो जीवनरक्षक सहयोग प्रदान गर्न सहायता संस्था र मानवीय संस्थाहरू प्रतिबद्ध छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?