Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

रूसी राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण प्रयास, रूसले दियो चेतावनी


२१ वैशाख, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यो ‘आतङ्कवादी हमला’ भएको दाबी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मङ्गलबार राति युक्रेनी मानवरहित ‘वायु यान’ आक्रमणको समयमा राष्ट्रप्रमुख क्रेमलिनमा रहनुभएको थिएन र उहाँ अहिले मस्को नजिकैको आफ्नो निवासमा काम गरिरहनुभएको र आफ्नो कार्यतालिकामा कुनै परिवर्तन नभएको पनि जानकारी गराइन्छ ।”

पुटिनका कर्मचारीका अनुसार युक्रेनले क्रेमलिनस्थित उहाँको अपार्टमेन्टमा आक्रमण गर्ने उद्देश्यले रातारात दुईवटा ड्रोन आक्रमण गरेको थियो ।

ड्रोनहरू विद्युतीय युद्धका उपायहरू प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहत वा क्षति नभएको उनले बताए ।

रसिया टुडेको एक रिपोर्टका अनुसार सन्देशमा भनिएको छ, “यस आतङ्कवादी कार्यको परिणामस्वरुप रूसी महासङ्घका राष्ट्रपतिलाई कुनै चोट पटक लागेको छैन । उहाँको कार्यतालिका परिवर्तन भएको छैन, यो सधैंजस्तै जारी छ ।”

रसिया टुडेका अनुसार क्रेमलिनले रूसी पक्षलाई आफूले उपयुक्त ठानेको प्रतिशोधात्मक कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी यसलाई पूर्वनियोजित आतङ्कवादी गतिविधि र रूसी राष्ट्रपतिविरुद्धको प्रयास ठान्छौं, यो घटना विदेशी पाहुनाहरू उपस्थित हुने योजना बनाइरहेको समय ‘विजय दिवस र मे ९’ को परेडको पूर्वसन्ध्यामा भएको छ । उचित समयमा उचित प्रतिरोधात्मक कदम चालिनेछ ।”


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?