Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान


२० वैशाख ,काठमाडौँ । नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ ।

प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गरेको हो । उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झा रहेका छन् । सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सङ्गठन र राष्ट्रको प्रतिनिधित्व गर्दै हालै सम्पन्न एसिसी प्रिमियर कप, २०२३ मा उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

राष्ट्र एवं सङ्गठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न उनले शुभकामना दिएयो । एसिसी प्रिमियर कप, २०२३ मा नेपाल प्रहरीका खेलाडीको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि सङ्गठन सदैव क्रियाशील रहेको उल्लेख गरे । सम्मानित खेलाडीकोतर्फबाट क्रिकेट खेलाडी कुशल भूर्तेलले नेपाल प्रहरी सङ्गठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकामा धेरै गौरव महसुस गरेको बताए ।

आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने उनको भनाइ थियो ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?