Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

व्यवसायी गङ्गा हत्याका अभियुक्त सार्वजनिक


२० वैशाख ,बलेवा । जिल्लाको बडिगाड गाउँपालिका–३ की होटल व्यवसायी गङ्गा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटी बस्ने थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० ढुङ्गाअड्डा बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ हुर्का बेइजिङ बस्ने शिवबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार चलान गरेपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका–७ न्वारमा गङ्गादेवी शेरचनको हत्या भएको थियो ।

उनको हत्यामा संलग्न भएको तथ्यको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । ५७ वर्षीय शेरचन माघ १५ गते आइतबार बिहान आफ्नै होटलको भुइँमा हात–खुट्टा र मुख सेलो टेपले बाँधिएको अवस्थामा फेला परेकि थिईन् ।

बागलुङको बडिगाड–३ सिसाखानीकी गङ्गादेवी मुसिकोट नगरपालिका–७ न्वारमा ३० वर्षदेखि होटल सञ्चालन गर्दै आएकि थिईन् । भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धानअघि बढाइएको उक्त घटनामा गुल्मी प्रहरीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिसकेको थियो ।

उनै घर्तीको बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । सुरुमा गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाट र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले अनुसन्धान गरेको थियो ।

त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

हत्यामा संलग्न एक जना भने फरार छन् । उनको खोजीकार्यलाई तीव्रता दिइएकोे गुल्मी प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?