Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

युक्रेनी राष्ट्रपति अचानक पुगे फिनल्याण्ड


२० वैशाख, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की गएका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनि फिनल्याण्ड भ्रमणमा गएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताएका छन्  ।

युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उनले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।

युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गर्नेछन् ।

नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गरेको उनका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताएका छन् ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?