Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न आग्रह


२० वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ ।

सञ्जालमा आबद्ध हुन पनि सबै एम्बुलेन्स सञ्चालकहरुलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्चालनमा आबद्ध हुन उल्लेख गरिएको छ । उक्त अवधिमा सम्बन्धित सबैले सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

नेपालभर एक सय दुई अङ्कको टेलिफोनबाट एम्बुलेन्स सेवा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । हाल सबैको पहुँचमा पुग्ने गरी एम्बुलेन्स सञ्चालन गर्न एम्बुलेन्स सञ्जालको निर्माण भई सफ्टवेयरमा विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको मन्त्रालयले सूचनामार्फत जनाएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?