Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम


२० वैशाख ,खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् ।

गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन–तीन प्रतिभा छनोट गरिएका थिए ।

गायनतर्फ जुनु राई द्वितीय र राइसर राई तृतीय भएका आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए । यसैगरी नृत्यतर्फ सुजता भुजेल द्वितीय र स्मारिका राई तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । विजेता तथा सहभागीलाई आयोजक संस्थाका अध्यक्ष राई, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कार प्रदान गरे ।

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–संस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ नारासहित जिल्लाका १० वटै स्थानीय तहमा प्रतिभा छनोट कार्यक्रम गरिएको हो ।

स्थानीय तहबाट छनोट भएका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा–२०८०’ छनोट गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?