Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई


१९ वैशाख ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गरेका छन् ।

उनले आगामी दिनमा हुने एसिया कपको सफलताका लागि पनि क्रिकेट टोलीलाई शुभकामनासमेत दिएका छन् ।

उपराष्ट्रपतिले प्रशिक्षक, अफिसियल तथा खेलाडीको लगनशीलता, मेहनत र कडा परिश्रमका कारण नेपाली क्रिकेट टिमले एसिया कपमा छनोट भई ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?