Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि


१९ वैशाख ,काठमाडौँ । प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।

मुलुकको टेनिस खेलको विकासमा सहयोग पु¥याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याएको हो ।

तहगतरुपबाट प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासेनानी बस्नेतले बताए ।

प्रतियोगितामा ३५ देखि ७० वर्ष उमेर समूहका खेलाडी आठ विधामा सिङ्गल, डबल र समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक विधामा कम्तीमा आठ टोली हुनुपर्नेछ ।

प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ ।

उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति वा समूहले आजदेखि यही वैशाख २३ गतेसम्म दर्ता गराउनुपर्नेछ ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?