Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

आज मिति २०८० साल वैशाख २० गते बुधबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल वैशाख २० गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्रो हुनेछ। माया प्रेमको विषयबाट टाढा रहनुहोला। दिन राम्रो छैन।

वृष राशी – समय मध्यम छ। अरूको सेवामा मन जाने छ। रोकिएका काम पूरा हुने छन्। पढाईमा औसत सफलता हासिल हुनेछ।

मिथुन राशी – प्रेममा वियोग हुने योग छ। दिन सोचेजस्तो राम्रो हुने छैन। आफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा आँच आउने छ, विवाद बढ्ने छ।

कर्कट राशी – धन आर्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

सिंह राशी – मध्यान्हपछि केही राम्रो छ। तर दिन सधैँजस्तो छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।

कन्या राशी – परिवारमा मेलमिलाप हुने छ। कार्य्सिद्धिको योग छ। दिन राम्रो छ। स्वास्थ्यमा सुधार आउने छ।

तुला राशी – अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। दिन अत्यन्तै राम्रो छ। सम्पति आर्जन हुनेछ।

वृश्चिक राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धोका मिल्ने योग छ।

धनु राशी – झै–झगडाको योग छ। मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

मकर राशी – दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी – लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यको थालनी होला।

मीन राशी – साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धोका पाइने छ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?