Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टोलीलाई बधाई


१९ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका छन् । नेपाली खेलाडीले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको विज्ञप्तिमा प्रशंसासमेत गरिएको छ।क्रिकेट खेलाडीले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताको लागि शुभकामना दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली क्रिकेट टोलीले विजय हासिल गरी एसिया कपमा छनौट भएकोमा म खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु।भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।’’


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?