Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत


१९ वैशाख, एजेन्सी । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो ।

भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमनत भएका हुन् । दुवै देशले निकट सम्पर्कमा रहने, सैन्य एवम् कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन तथा समाधान गर्न बाँकी सबै मुद्दा पारस्परिक सहमतिमा निरुपण गर्ने प्रतिबद्धता जनाएका छन् ।

“पश्चिमी क्षेत्रको लाइन अफ कन्ट्रोलसँग सम्बन्धित विवाद समाधान गर्न दुवै पक्षबीच गहन छलफल भएको छ , सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने सहमति भएको छ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पाँच महिनाको अन्तरालमा चीन र भारतका सैन्य अधिकारीबीच उक्त बैठक भएको हो । दुवै देशका लेफ्टिनेन्ट जनरलले नेतृत्व गरेको उक्त बैठकमा चीन र भारतका उच्च सैनिक अधिकारीको सहभागिता थियो ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?