Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई, पुरस्कृत गर्ने प्रतिबद्धता


१९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।

उनले एक ट्विट गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारकोतर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन बमोजिम माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरूलाई हौसला बढाउन खेल मैदान पुगेका छन्। साथै, जीतपश्चात् उनले सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै जीतको खुसी साटेका हुन्।

यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्विट गर्दै ‘फाइनलमा युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई। यस जीतसँगै एसिया कप प्रवेश गर्न सफल भएकोमा सबै खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण टिमलाई शुभकामना’ उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?