Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

युएईमाथि नेपालको सानदार जित, इतिहासमै पहिलो पटक एसिया कपमा छनाैट


१९ वैशाख, काठमाडाैँ । नेपाल एसिया कपमा छनाैट भएको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै इतिहासमै पहिलो पटक एसिया कपमा छनाैट भएको हो ।

नेपालको जितमा गुल्सन झा र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुल्सनले ८४ बलमा ६७ रन बनाउँदा भीम सार्कीले ७२ बलमा ३६ रन बनाए ।

त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुन: सुरु भएको थियो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।

आज (मंगलबार) सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए ।

कप्तान आर्यानल लार्काले १३, मुम्हमद वासिमले ११, बसिल हमेद र जुनईद सिद्धिक्वीले १०/१० रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिएका थिए । सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिए ।

एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् ।

 


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?