Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

युएईमाथि नेपालको सानदार जित, इतिहासमै पहिलो पटक एसिया कपमा छनाैट


१९ वैशाख, काठमाडाैँ । नेपाल एसिया कपमा छनाैट भएको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै इतिहासमै पहिलो पटक एसिया कपमा छनाैट भएको हो ।

नेपालको जितमा गुल्सन झा र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुल्सनले ८४ बलमा ६७ रन बनाउँदा भीम सार्कीले ७२ बलमा ३६ रन बनाए ।

त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुन: सुरु भएको थियो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।

आज (मंगलबार) सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए ।

कप्तान आर्यानल लार्काले १३, मुम्हमद वासिमले ११, बसिल हमेद र जुनईद सिद्धिक्वीले १०/१० रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिएका थिए । सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिए ।

एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् ।

 


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?