Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१३ मंसिर २०८३, आईतवार
१३ मंसिर २०८३, आईतवार

अफगान प्रहरीद्वारा २ हजार ८५० किलो चरेस बरामद


१९ वैशाख, एजेन्सी । अफगानिस्तानको काउन्टर कोटिक्स प्रहरीले दक्षिणी उरुजगान प्रान्तबाट दुई हजार आठ सय ५० किलोग्राम चरेस बरामद गरेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता मौलावी जाहिदले जानकारी दिएअनुसार तस्करी गरिएका सामानहरू दुई वटा सवारी साधनभित्र लुकाइएको थियो । प्रहरीले आइतबार प्रान्तीय राजधानीबाहिर गाडीको नियमित सुरक्षा जाँचका क्रममा फेला पारेको बताइएको छ । चालक भने फरार रहेको उनको खोजी भइरहेको जनाइएको छ ।

अफगानिस्तानको कार्यवाहक सरकारले हाल यहाँ गाजालगायतका खेतीमा प्रतिबन्ध लगाएर तस्करहरूविरुद्ध अभियान सुरु गरेको छ । यसै क्रममा दुई महिनामा सयौँ लागुऔषध तस्करहरूलाई पक्राउ गर्नुका साथै अफिम उत्पादन हुने हजारौँ एकड अफिम र चरेस फार्महरू नष्ट गरेको छ ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?