Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा


१८ वैशाख ,उर्लाबारी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।

उनका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको खुला मैदानमा गरिने  जानकारी दिए । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्ने भएको छ ।

वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्दसत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताए । बैठकमा सहभागी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बैठकपश्चात वैशाख ३१ गते सुखानीलगायत झापा र इलाम जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलको अवलोकन गराइने कार्यक्रम रहेको उनले जानकारी दिए ।

मुलुककै होचो स्थान कचनकबल, महाभारतकालीन किचकबधस्थल, झापा विद्रोहमा सहादत प्राप्त गरेको स्थल सुखानी, सहिद पार्क सालबारी, कन्याम लगायतका स्थान अवलोकन भ्रमणको सूचीमा परेका छन् ।

विसं २०४५ यता झापामा पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीको बैठक हुन लागेको जनाउँदै उनले झापा बैठकले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न योगदान पुर्याउने धारणा व्यक्त गरे ।

चितवन, बारा र तनहुँ जिल्लामा भएको उपनिर्वाचनपश्चात र कोशी प्रदेशको नामाकरणका विषयमा पूर्वमा पहिचानवादी दल र सङ्घसंस्थाहरुले आन्दोलन गरिरहेका बेला नेकपा एमालेको केन्द्रीय बैठक पार्टी अध्यक्ष ओलीको गृह जिल्ला झापाको गृह नगर दमकमा आयोजना हुन लागेको हो ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?