Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत


१८ वैशाख, एजेन्सी । सन् २०२२ मा युरापेली सङ्घ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका ईयूले जनाएको छ ।

यो सन् २००९ मा रोजगारी दर रेकर्ड गर्न शुरू भए यताकै सबैभन्दा बढी हो ।

कोभिड–१९ महामारीका कारण सन् २०२० मा रोजगारीको दर ७२ प्रतिशतमा झरेको थियो । तर, सन् २०२१ मा यो दर ७३ प्रतिशतमा पुगेको र सन् २०२२ मा थप २ प्रतिशत बिन्दुले वृद्धि भएको हो ।

ईयू देशहरू मध्ये, ११ मा रोजगार दर ७८ प्रतिशतभन्दा माथि रहेको बताइएको छ ।

सामाजिक अधिकारको युरोपेली स्तम्भको २०३० कार्य योजनामा निर्धारित तीन लक्ष्यहरू मध्ये एक, नेदरल्याण्ड्समा (८३ प्रतिशत), स्वीडेन र इस्टोनियामा ( ८२ प्रतिशत) सहित उच्चतम अवस्थामा छ । ईयू सदस्य राष्ट्रमध्ये सबैभन्दा कम रोजगारी दर इटालीमा ६५ प्रतिशत, ग्रीसमा ६६ प्रतिशत र रोमानियामा ६९ प्रतिशत रहेको देखिएको छ ।

सन् २०२२ मा ईयूको अधिक योग्यता दर २२ प्रतिशत रहेको थियो, जसमा पुरुष २१ प्रतिशत र महिला २३ प्रतिशत थियो ।

ईयू मुलुकमध्ये स्पेनमा सबैभन्दा बढी (३६ प्रतिशत), ग्रीस र साइप्रस दुबैमा ३२ प्रतिशत अधिक योग्यता दर रहेको छ ।

अधिक योग्यता दर लक्जेम्बर्गमा ७ प्रतिशत, स्वीडेन, डेनमार्क, हङ्गेरी र चकोस्लोभाकिया हरेकमा १४ प्रतिशत अर्थात् सबैभन्दा कम अधिक योग्यता दर देखिएको छ ।

ईयूका २७ देशमध्ये १९ मा पुरुषको तुलनामा महिलामा बढी योग्यताको दर देखिएको छ ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?