Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

कस्तो छ ‘नाई नभन्नु ल ६’ ?


१८ वैशाख, काठमाडौं । नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए । त्यसपछि यसको शृङ्खला बन्ने क्रम अगाडि बढ्दै गयो । यसकै छैटौँ श्रृङ्खला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ ।

बालप्रेममा केन्द्रित रहने विषयवस्तुलाई यसपटक वयस्कमा पुर्याइएको छ । तर शृङ्खला अगाडि बढ्दै गर्दा निर्देशक विकासराज आचार्यले कमजोरी रहेको बताए ।

गीत सङ्गीतमार्फत सफल बनिरहेको ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलाको गीत दर्शकलाई याद छैन । त्यसको प्रभाव चलचित्र भवनमा देखिएको छ । चलचित्र भवनमा न्यून ‘सो’ पाएको चलचित्रको व्यापार पनि उस्तै छ । गीत सङ्गीत र कथाले दर्शकलाई आकर्षित गर्न सकेको छैन । भुल्ने रोग ‘एमेनेसिया) लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा)को वरपर घुमेको छ । प्रेम सम्बन्धका लागि शिशिर (आशीर्वाद क्षत्री) ले गरेको त्याग, तपस्या र द्वन्द्व नै मुख्य कथा हो । ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो।

भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत मेटाउन खोजिएको छ ।

घिसिपिटी पुरानै शैलीको प्रस्तुतिले दर्शकलाई चलचित्र भवनमा आनन्दित पार्दैन । निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पारेका हुन् । चलचित्रमा बालकलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन् । यसमा कलाकार केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाललाई केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ ।

यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ शृङ्खला बन्ने सङ्केत गरेका छन् । उनले चलचित्रको अन्त्यमा अभिनेत्री स्वस्तिमा खड्कामार्फत कथा अगाडि बढ्ने दृश्य राखेका छन् । “दर्शकको रूचिअनुसार नै सातौँ शृङ्खलाको काम अगाडि बढ्ने छ । अहिले प्रदर्शनरत चलचित्रको प्रतिक्रिया हाम्रो लागि मार्गनिर्देश हुनेछ”, निर्देशक आचार्यले भने ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?