Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कस्तो छ ‘नाई नभन्नु ल ६’ ?


१८ वैशाख, काठमाडौं । नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए । त्यसपछि यसको शृङ्खला बन्ने क्रम अगाडि बढ्दै गयो । यसकै छैटौँ श्रृङ्खला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ ।

बालप्रेममा केन्द्रित रहने विषयवस्तुलाई यसपटक वयस्कमा पुर्याइएको छ । तर शृङ्खला अगाडि बढ्दै गर्दा निर्देशक विकासराज आचार्यले कमजोरी रहेको बताए ।

गीत सङ्गीतमार्फत सफल बनिरहेको ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलाको गीत दर्शकलाई याद छैन । त्यसको प्रभाव चलचित्र भवनमा देखिएको छ । चलचित्र भवनमा न्यून ‘सो’ पाएको चलचित्रको व्यापार पनि उस्तै छ । गीत सङ्गीत र कथाले दर्शकलाई आकर्षित गर्न सकेको छैन । भुल्ने रोग ‘एमेनेसिया) लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा)को वरपर घुमेको छ । प्रेम सम्बन्धका लागि शिशिर (आशीर्वाद क्षत्री) ले गरेको त्याग, तपस्या र द्वन्द्व नै मुख्य कथा हो । ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो।

भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत मेटाउन खोजिएको छ ।

घिसिपिटी पुरानै शैलीको प्रस्तुतिले दर्शकलाई चलचित्र भवनमा आनन्दित पार्दैन । निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पारेका हुन् । चलचित्रमा बालकलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन् । यसमा कलाकार केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाललाई केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ ।

यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ शृङ्खला बन्ने सङ्केत गरेका छन् । उनले चलचित्रको अन्त्यमा अभिनेत्री स्वस्तिमा खड्कामार्फत कथा अगाडि बढ्ने दृश्य राखेका छन् । “दर्शकको रूचिअनुसार नै सातौँ शृङ्खलाको काम अगाडि बढ्ने छ । अहिले प्रदर्शनरत चलचित्रको प्रतिक्रिया हाम्रो लागि मार्गनिर्देश हुनेछ”, निर्देशक आचार्यले भने ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?