Trending
>>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   रेड पाण्डाको छाला सहित एक जना पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ >>   हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण >>   तिहारको बिदामा सर्वोच्च अदालत खुला रहने >>   फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि >>   निलम्बित मुख्यसचिव डा. अर्यालले पाए सफाइ >>   धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक >>   कोरला नाका हेर्ने सशस्त्रको बिओपीमा निर्मित ब्यारेक भवन उद्घाटन
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

पोखरा स्पोर्टस् अवार्ड : मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड


१७ वैशाख ,कास्की । सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो अवार्ड प्रदान गरिने जनाएको छ ।

अवार्डका लागि गठन गरिएको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएर खेलकुदमा योगदान गर्नुभएका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । पोखरा स्पोर्टस् अवार्ड यही वैशाख २३ गते हुँदैछ । सोही समारोमा उनई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने अग्रज व्यक्तित्वलाई सो अवार्ड प्रदान गर्ने गरिएको छ । मर्सानीले गण्डकी प्रदेश र नेपालकै बक्सिङ खेललाई माथि पु¥याउन तथा खेलको विकास र विस्तार गर्न योगदान गरेका छन् ।

यसअघि अग्रज खेलकुदकर्मी कृष्ण थापा, खड्कबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेशबहादुर भट्टराईले यो विधाअन्र्तगको पुरस्कार पाएका छन् । मर्सानीले पहिलो पटक विसं २०३७ मा बक्सिङ प्रतियोगितामा लिएका थिए ।

भैरहवामा भएको बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगितामा उहाँ गण्डकी अञ्चलबाट छनोट भएका थिए । उनले पहिलो सहभागितामै कास्य पदक जिते। विसं २०३८ मा काठमाडौँमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए ।

यसैगरी वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्य र विसं २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने स्वर्ण पदक हात पारे । उनले भारतमा अध्ययन गरेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरे ।

बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिर जीवन व्यतित गरेर उहाँ विसं २०७७ असारमा अनिवार्य अवकास पाएका थिए । वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्थावा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष बरालले बताए ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् । यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?