Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आर्थिक समस्या नियन्त्रणबाहिर छैन : मन्त्री साउद


१७ वैशाख ,सुदूरपश्चिम । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताए ।

उनले भने, “हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने कुरामा सरकार दृढताका साथ लागेको छ ।” नेपालमा बैंकिङ क्षेत्र मजबुत रहेको भए पनि उद्योग व्यवसाय क्षेत्रमा केही समस्या रहेको बताउँदै उनले सञ्चित रकमको ब्याजदर घटाइएको र ऋणको ब्याजदर घटाउने प्रयासमा सरकार रहेको स्पष्ट पारे ।

भारतबाट सुदूरपश्चिम भित्रिने मुख्य सीमा नाका गौरीफन्टाको बाटो जङ्गल भएर आउने भएकाले केही चुनौती रहेको उल्लेख गर्दै उनले यो विषयमा दुई देशबीच छलफल गरिने र नाका क्षेत्रमा दुवै देशको क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल गरिने बताए ।

सो अवसरमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले गौरीफन्टा नाका स्तरोन्नति, नाकामा प्लान्ट क्वारेन्टाइनको व्यवस्थाका साथै नागरिकको आवागमन सहज बनाउन र कञ्चनपुरको सुक्खा बन्दरगाह निर्माणमा सक्रियता देखाउनुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र पेश गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका परराष्ट्रमन्त्री साउदले आजै नेपाली कांग्रेस कैलालीद्वारा धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एकताबद्ध भएर पार्टी सङ्गठनलाई बलियो बनाउने काममा लाग्न निर्देशन दिए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?