Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आर्थिक समस्या नियन्त्रणबाहिर छैन : मन्त्री साउद


१७ वैशाख ,सुदूरपश्चिम । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताए ।

उनले भने, “हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने कुरामा सरकार दृढताका साथ लागेको छ ।” नेपालमा बैंकिङ क्षेत्र मजबुत रहेको भए पनि उद्योग व्यवसाय क्षेत्रमा केही समस्या रहेको बताउँदै उनले सञ्चित रकमको ब्याजदर घटाइएको र ऋणको ब्याजदर घटाउने प्रयासमा सरकार रहेको स्पष्ट पारे ।

भारतबाट सुदूरपश्चिम भित्रिने मुख्य सीमा नाका गौरीफन्टाको बाटो जङ्गल भएर आउने भएकाले केही चुनौती रहेको उल्लेख गर्दै उनले यो विषयमा दुई देशबीच छलफल गरिने र नाका क्षेत्रमा दुवै देशको क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल गरिने बताए ।

सो अवसरमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले गौरीफन्टा नाका स्तरोन्नति, नाकामा प्लान्ट क्वारेन्टाइनको व्यवस्थाका साथै नागरिकको आवागमन सहज बनाउन र कञ्चनपुरको सुक्खा बन्दरगाह निर्माणमा सक्रियता देखाउनुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र पेश गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका परराष्ट्रमन्त्री साउदले आजै नेपाली कांग्रेस कैलालीद्वारा धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एकताबद्ध भएर पार्टी सङ्गठनलाई बलियो बनाउने काममा लाग्न निर्देशन दिए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?