Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर


१७ वैशाख ,विराटनगर । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका–१ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरे ।

उनले यस वडा शिक्षा र स्वास्थ्यमा पछाडि परेको भन्दै स्थान छनोट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताए । वडाध्यक्षसमेत रहेका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहार, विहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गरे ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने बताए ।

शिविरमा तौल, बोसोको मात्रा, मधुमेह, रक्तचाप, रक्त समूहलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?