Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक


१७ वैशाख ,महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताएका छन् ।

करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताए ।

“अहिलेको सरकारले करिडोरअन्तर्गत पर्ने कञ्चनपुरदेखि दार्चुलासम्मको रुख कटान आदेश दिएर काम अघि बढिसकेको छ”, उनले भने, “वर्ष डेढ वर्षभित्रमा करिडोरको ट्र्याक खुलेर कालोपत्र गर्ने चरणमा जान्छ ।”

रुख कटानको अनुमति नमिल्दा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्मको पहिलो प्याकेजको काम ठेक्का भएको करिब डेढ वर्षदेखि प्रभावित थियो । “आउँदो दशैँसम्म यही ट्र्याकबाट जोगबुढा पुग्ने गरी काम गर्ने भनिएको छ”, उनले भने, “अब माथिका जिल्लाहरूमा पनि रुख कटान आदेश आइसकेकाले अब निर्माण प्रभावित हुँदैन ।”

नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्र्याक खुलेको छ । महाकाली करिडोर दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले करिडोरको काम द्रुत गतिमा अघि बढेको जानकारी दिए ।

उनले कञ्चनपुरसँगै बैतडी र दार्चुलामा करिडोरको ट्र्याक खोल्नका लागि रुख कटानको अनुमति आइसकेको जानकारी दिए । करिडोरअन्तर्गत चार सय २५ किलोमिटर ट्र्याकमध्ये केही भाग नेपाली सेनाले खोलिरहेको छ ।

करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?