Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ


१७ वैशाख ,जनकपुरधाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले समाजमा अमनचयनलाई चुनौति दिने गरी हुने आपराधिक घटना नियन्त्रणका लागि दृढ सङ्कल्प र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताए ।

उनले मधेस प्रदेशमा व्याप्त जातीय छुवाछूत, महिला हिंसा, लागुऔषध दुव्र्यशनी, अपराध नियन्त्रणमा शूल्य सहनशीलताको नीतिअनुसार काममा लाग्न सम्बद्ध पक्षलाई आग्रह गरे । “अनियमितता र भ्रष्टाचारलाई टाउँको उठाउन नदिन हामी सबैको सामूहिक प्रयत्न आवश्यक छ । यसका साथै समाजका उत्पीडित उपेक्षित वर्ग, समुदाय, महिला दलित, मिटरब्याज पीडितको न्यायका लागि पनि यसै बैठकबाट सङ्कल्प लिन आग्रह गरेको छु”, गृहमन्त्री श्रेष्ठले भने ।

त्यसैगरी उहाँले प्रहरी समायोजन सङ्घीयताको मर्मअनुसार अगाडि बढाइने र समायोजन नहुन्जेल प्रदेश सरकारले प्रहरीलाई निर्देशन, समन्वय र परिचालन गर्न कुनै दुविधा नरहेको समेत स्पष्ट पारे ।

बैठकमा गृह सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुवँर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख, अनुसन्धान विभागलगायत आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?