Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रेमीले बिहे गर्न नमानेपछि प्रेमीको घरमा गएर गरिन् नर्सले आत्महत्या


१७ वैशाख, काठमाडाैँ । काठमाडाैँस्थित वीर अस्पतालमा कर्यरत स्टाफ नर्स बोहराटारमा मृत फेला परेकी छिन् । प्रहरीले दिएको जानकारी अनुसार २९ वर्षीया अनुमा श्रेष्ठ बोहराटारस्थित सुजन ढकालको घरमा मृत फेला परेकी हुन् ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार घटना आत्महत्या जस्तो देखिएता पनि सुक्ष्म अनुसन्धान भने सुरू गरिएको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत अनुमा र सुजनबिच प्रेमसम्बन्ध रहेको  र ढकालको परिवारले विहे गर्न नमान्दा उनले मृत्यु रोजेको जस्तो देखिएको छ । मृतक अनुमाको साथबाट प्रहरीले एउटा नोट पनि बरामद गरेको छ ।

उक्त नोटमा प्रेम सम्बन्धदेखि अन्य धेरै पाटो उल्लेख गरिएको जानकारी दिइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?