Trending
>>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

प्रेमीले बिहे गर्न नमानेपछि प्रेमीको घरमा गएर गरिन् नर्सले आत्महत्या


१७ वैशाख, काठमाडाैँ । काठमाडाैँस्थित वीर अस्पतालमा कर्यरत स्टाफ नर्स बोहराटारमा मृत फेला परेकी छिन् । प्रहरीले दिएको जानकारी अनुसार २९ वर्षीया अनुमा श्रेष्ठ बोहराटारस्थित सुजन ढकालको घरमा मृत फेला परेकी हुन् ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार घटना आत्महत्या जस्तो देखिएता पनि सुक्ष्म अनुसन्धान भने सुरू गरिएको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत अनुमा र सुजनबिच प्रेमसम्बन्ध रहेको  र ढकालको परिवारले विहे गर्न नमान्दा उनले मृत्यु रोजेको जस्तो देखिएको छ । मृतक अनुमाको साथबाट प्रहरीले एउटा नोट पनि बरामद गरेको छ ।

उक्त नोटमा प्रेम सम्बन्धदेखि अन्य धेरै पाटो उल्लेख गरिएको जानकारी दिइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?