Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर


१७ वैशाख, एजेन्सी । फेब्रुअरी १ भन्दा अघि भएका सम्झौता अन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रूसी राष्ट्रपति पुटिनले हस्ताक्षर गरेका छन् ।

शुक्रबारदेखि लागू हुने उक्त निर्देशन पत्रमा पुटिनले गत वर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागु गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ ।

यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली सङ्घ (ईयू) ले रूसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । सन् २०२२ को डिसेम्बरमा ईयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो ।

प्रतिबन्धमा ‘ग्रुप अफ सेभेन (जी–७) राष्ट्र र अष्ट्रेलिया सामेल भएका थिए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?