Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इलाममा १ किलो कै १० हजारमा बिक्री भयो चिया


१७ वैशाख, इलाम । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् ।

शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए ।

नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी रु १० हजारमा चिया बिक्री भएको हो । एकजना अमेरिकी नागरिकले प्रतिकेजी रु १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया रु ५० हजारमा खरिद गरेका हुन् ।

सूर्योदय चिया उत्पादक सङ्घले उत्पादन गरेको चिया किसानले प्रतिकेजी रु एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्याएका थिए ।

‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी रु हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी रु ४ हजारका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका थिए । व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हने गरेको छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्रि गर्नु परिरहेको किसानहरुको गुनासो छ । किसानहरुले आफूहरुको चिया सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्नुपर्ने माग गर्दै आएका छन् ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?