Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

चुरोट खाएको देखेपछि आफ्नै साथीको कुटिकुटि हत्या


१७ वैशाख, एजेन्सी । नयाँदिल्लीको बेदारपुर प्रहरी इलाकामा रहेको एक विद्यालयका विद्यार्थीले आफ्नै साथीलाई कुटिकुटि मारेका छन् ।

आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटामारी गरेर हत्या गरेका प्रहरीले जनाएको छ । शुक्रबार एमसिडी विद्यालयका कक्षा ८ का छात्रको शव नालामा भेटिएपटि हत्याको रहस्य खुलेको हो ।

आफ्नै सहपाठीलाई कुटपिट गरेर मारेको अभियागमा प्रहरीले दुवै जना अभियुक्तलाई पक्राउ गरेको छ । विद्यालय परिसरमा धूमपान गरेको देखेका उनले विद्यालय प्रशासनलाई त्यसबारेमा जानकारी दिने बताएपछि अभियुक्तद्वयले निजलाई प्रलोभनमा पारेर सुनसानस्थानमा बोलाएका थिए ।

उनीहरूले निजलाई लट्ठीजस्तो कुनै भुत्ते वस्तुले बारम्बार टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट ज्ञात भएको छ । अभियुक्तहरूलाई बाल न्याय कार्यालयमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?