Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

चुरोट खाएको देखेपछि आफ्नै साथीको कुटिकुटि हत्या


१७ वैशाख, एजेन्सी । नयाँदिल्लीको बेदारपुर प्रहरी इलाकामा रहेको एक विद्यालयका विद्यार्थीले आफ्नै साथीलाई कुटिकुटि मारेका छन् ।

आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटामारी गरेर हत्या गरेका प्रहरीले जनाएको छ । शुक्रबार एमसिडी विद्यालयका कक्षा ८ का छात्रको शव नालामा भेटिएपटि हत्याको रहस्य खुलेको हो ।

आफ्नै सहपाठीलाई कुटपिट गरेर मारेको अभियागमा प्रहरीले दुवै जना अभियुक्तलाई पक्राउ गरेको छ । विद्यालय परिसरमा धूमपान गरेको देखेका उनले विद्यालय प्रशासनलाई त्यसबारेमा जानकारी दिने बताएपछि अभियुक्तद्वयले निजलाई प्रलोभनमा पारेर सुनसानस्थानमा बोलाएका थिए ।

उनीहरूले निजलाई लट्ठीजस्तो कुनै भुत्ते वस्तुले बारम्बार टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट ज्ञात भएको छ । अभियुक्तहरूलाई बाल न्याय कार्यालयमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?