Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार


१७ वैशाख, एजेन्सी । अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ ।

बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए।

सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११ः३० बजेतिर ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।

आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरिरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए । क्यापर्सले एबीसीको ह्युस्टन स्टेशन केटीआरकेसँग भने, “मेरो विचारमा, उनीहरू वास्तवमा बच्चाहरूको हेरचाह गर्न र उनीहरूलाई जीवित राख्न प्रयास गरिरहेका थिए ।”

उनले भने, “सबै पीडितलाई खासगरी टाउकोलाई बढी लक्षित गरी घाँटीदेखि खुट्टासम्म गोली हानिएको थियो ।”

“आक्रमणकारीले रक्सी पिइरहेका थिए र पीडित परिवारको अनुरोधपछि ‘म मेरो अगाडिको आँगनमा जे गर्न चाहन्छु त्यही गर्नसक्छु’ भनेको एक प्रत्यक्षदर्शीलाई उद्धृत गरी केटीआरकेसँग क्यापर्सले भने ।

क्यापर्सले पत्रकारहरूसँग भने, आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए ।” उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै आएका थिए ।

उनले ती बन्दुकधारी को हुन् भन्ने कुरा आफूलाई थाहा भएको र उनी मेक्सिकोका भएको दाबी गरेका छन् ।

स्थानीय अभियोजकको कार्यालयले पछि आफ्नो फेसबुक पेजमा आक्रमणकारी उक्त क्षेत्रबाट भागेकोे विश्वास गरिएको छ । पिडित परिवारका अन्य सदस्यहरूलाई आक्रमणकारी पक्राउ नपरेसम्म घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै रहन भनिएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?