Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

हेमराज पहारी स्मृति पुरस्कारबाट ‘साहित्य सध्या’ सम्मानित


१६ वैशाख ,काठमाडौँ । हेमराज पहारी स्मृति पुरस्कार–२०७९ बाट ‘साहित्य सध्या’ संस्था सम्मानित भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा रु एक लाख नगदसहितको पुरस्कार साहित्य सध्यालाई प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेले विसं २०६७ चैतमा स्थापना भएको प्रतिष्ठानले प्रत्येक दुई वर्षमा आएको र यसवर्षदेखि प्रत्येक वर्ष पुरस्कार वितरण गर्ने बताए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पहारीले साहित्यिक क्षेत्रबाट मुलुकको सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान प्रदान गरेको बताए ।

पहारीले प्रकाशित गरेका कृति, साहित्यिक तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानलाई संस्थागत गर्नमा प्रतिष्ठानको सार्थकता रहने उनको भनाइ छ । साहित्य सन्ध्या संस्थाका अध्यक्ष राम विनयले पुरस्कारलाई संस्थालाई साहित्यको क्षेत्रमा काम गर्न थप प्रोत्साहन प्रदान गरेको बताए ।

वरिष्ठ पत्रकार भैरव रिसालले सत्यतामा आधारित रही सबैले आफ्ना क्रियाकलाप अघि बढाई व्यवहारमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए । उक्त पुरस्कार यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, स्व विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोककवि अलि मियाँ तथा मकवानपुरको झरना साहित्यिक परिवारलाई प्रदान गरिएको थियो ।

पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलाद्र्धको एक फन्को’ नियात्रा र केही गीतहरू प्रकाशन भएका छन् । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा प्रतिष्ठानले साहित्य सन्ध्यालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छनोट समितिका संयोजक डा फणिन्द्र निरौलाले जानकारी दिए ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?