Trending
>>   पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले बोल्ने अवस्था रहेन : एमाले सांसद पन्त >>   कुलिङ पिरियडका पक्षमा अधिकांश सांसद एक, समय–सीमामा भने विमति >>   नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा >>   आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री >>   तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी >>   शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन्ः परराष्ट्रमन्त्री राणा >>   बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन >>   पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माणमा सत्तापक्षले अल्मल्याएको प्रतिपक्षीको आरोप >>   एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि >>   सडक छाड्ने मुडमा छैनन् शिक्षक, प्रधानमन्त्री ओलीको आश्वासनप्रति अविश्वास
Logo
८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

आज मिति २०८० साल वैशाख १७ गते आइतबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल वैशाख १७ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाइहरूकाे दिन शुभ रहाेस् !

मेष राशी – महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् ।

वृष राशी –आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

मिथुन राशी – विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । शत्रु क्षय होलान् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

कर्कट राशी –नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । योजनानुसार सबै कार्य सफल हुदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।

सिंह राशी – व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विभिन्न कुराको किनमेल हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हात लाग्नेछ।

कन्या राशी – आजको समय बढी प्रेरणादायक रहनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ ।

तुला राशी – इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

वृश्चिक राशी – फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले सताउला ।

धनु राशी – अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् ।

मकर राशी – प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । आजको दिन ख्याल पुर्याउनपर्ने खालको पनि छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ । काममा अबरोध आउनसक्ने र आरोप खेप्नुपर्ने हुनसक्नेछ ।

कुम्भ राशी – शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ।

मीन राशी – घर परिवारमा झै–झमेलाको अवस्था आउला । सामानहरू छुट्ने–हराउने सम्भावना छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?