Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

खेल रद्द भएसँगै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि युएईसँग भिड्ने


१६ वैशाख, काठमाडाैँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको कुवेत र नेपालबीचको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो ।

भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो । जितको लागि दुई सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।

नेपालका लागि करण केसी एक्लेलै पाँच विकेट लिएका थिए । अर्को विकेट सोमपाल कामीले झारेका थिए । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन नसक्दा नेपालले समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो ।

यस्तै मुलपानी मैदानमा भएको अर्को सेमिफाइनल खेलमा युएई डीएलएस प्रणालीका आधारमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र युएईबीच फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमान आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?