Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

खेल रद्द भएसँगै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि युएईसँग भिड्ने


१६ वैशाख, काठमाडाैँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको कुवेत र नेपालबीचको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो ।

भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो । जितको लागि दुई सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।

नेपालका लागि करण केसी एक्लेलै पाँच विकेट लिएका थिए । अर्को विकेट सोमपाल कामीले झारेका थिए । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन नसक्दा नेपालले समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो ।

यस्तै मुलपानी मैदानमा भएको अर्को सेमिफाइनल खेलमा युएई डीएलएस प्रणालीका आधारमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र युएईबीच फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमान आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?