Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

जानकी नवमी धुमधामका साथ मनाइँदै


१६ वैशाख, जनकपुर । आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीको दिन आज घरघरमा विशेषरुपमा जानकी नवमी मनाउने कार्य भइरहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिए ।

बिहानैदेखि जानकी मन्दिर, राममन्दिर र जनक मन्दिरलगायतका मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुको भीड लागेको छ । बिहानै दूधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनःबधाई गानको कार्यक्रमसहित जन्मोत्सव मनाइरहेको उनले जानकारी दिए ।

त्रेतायुगमा मिथिला र अवध क्षेत्रको अगाध सम्बन्ध स्थापित गर्न भगवान् राम र माता जानकीको अतुलनीय योगदान रहेको छ । यहाँ हरेक वर्ष, राम नवमी, विवाह पञ्चमी र जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ । जानकी नवमीको अवसर पारेर मधेस प्रदेशका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटक जनकपुर आएका छन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?