Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

डुङ्गा डुब्दा ११ जनाको मृत्यु, ६२ जनाको जीवितै उद्धार


१५ वैशाख, एजेन्सी । इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, एघार जनाको शव फेला परेको र हराइरहेका एक जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी कुक्व विडोडोले बताएका छन् । सुरक्षा अधिकारीहरू दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेका छन् ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त उक्त डुङ्गामा ७४ जनाभन्दा बढी यात्री रहेका अनुमान गरिएको छ । यात्री सूचीमा उल्लेख भएभन्दा अधिक मानिसलाई यात्रामा सामेल गराउनु इण्डोनेसियामा सामान्य भएकाले मृतक र बेपात्ता यात्रीको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका हुन् ।

करिब १७ हजार टापु भएको इण्डोनेसियामा सुरक्षाका पर्याप्त उपाय नअपनाउँदा समुद्री दुर्घटना नियमित रुपमा हुने गरेका छन् । सन् २०१८ मा सुमात्रा टापुमा पानी जहाज डुब्दा एक सय ५० जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?