Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

डुङ्गा डुब्दा ११ जनाको मृत्यु, ६२ जनाको जीवितै उद्धार


१५ वैशाख, एजेन्सी । इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, एघार जनाको शव फेला परेको र हराइरहेका एक जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी कुक्व विडोडोले बताएका छन् । सुरक्षा अधिकारीहरू दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेका छन् ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त उक्त डुङ्गामा ७४ जनाभन्दा बढी यात्री रहेका अनुमान गरिएको छ । यात्री सूचीमा उल्लेख भएभन्दा अधिक मानिसलाई यात्रामा सामेल गराउनु इण्डोनेसियामा सामान्य भएकाले मृतक र बेपात्ता यात्रीको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका हुन् ।

करिब १७ हजार टापु भएको इण्डोनेसियामा सुरक्षाका पर्याप्त उपाय नअपनाउँदा समुद्री दुर्घटना नियमित रुपमा हुने गरेका छन् । सन् २०१८ मा सुमात्रा टापुमा पानी जहाज डुब्दा एक सय ५० जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?