Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

स्वीडेनले सुडानबाट फर्कायो १६० जना आफ्ना नागरिक


१५ वैशाख, एजेन्सी । स्वीडेनको सशस्त्र बलले सुडानमा आफ्नो उद्धार कार्य सम्पन्न गरेको छ । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बिहीबार सो बारे जानकारी गराएका हुन् ।

स्वीडेनको सशस्त्र बलद्वारा सञ्चालित सात उडानमा ६० स्विडेनी नागरिकसहित १६० जनालाई द्वन्द्वग्रस्त देशबाट बाहिर निकालिएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताउँनु भएको हो । साथै केही स्विडेनी नागरिकहरूले अन्य देशहरूद्वारा सञ्चालित उडानहरूमा सुडान छोडेका थिए ।

अप्रिल १५ मा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सबीच सुडानको राजधानी खार्तुम र अन्य ठाउँहरूमा हिंसात्मक झडप भएको थियो। दुवै पक्षले मङ्गलबार ७२ घण्टाको युद्धविराममा सहमति जनाएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति शुरु भएदेखि अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् ।

अप्रिल १९ मा स्विडेनी सरकारले खार्तुममा रहेको स्विडेनी दूतावासलाई सहयोग सशस्त्र सेना परिचालन गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?