Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

स्वीडेनले सुडानबाट फर्कायो १६० जना आफ्ना नागरिक


१५ वैशाख, एजेन्सी । स्वीडेनको सशस्त्र बलले सुडानमा आफ्नो उद्धार कार्य सम्पन्न गरेको छ । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बिहीबार सो बारे जानकारी गराएका हुन् ।

स्वीडेनको सशस्त्र बलद्वारा सञ्चालित सात उडानमा ६० स्विडेनी नागरिकसहित १६० जनालाई द्वन्द्वग्रस्त देशबाट बाहिर निकालिएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताउँनु भएको हो । साथै केही स्विडेनी नागरिकहरूले अन्य देशहरूद्वारा सञ्चालित उडानहरूमा सुडान छोडेका थिए ।

अप्रिल १५ मा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सबीच सुडानको राजधानी खार्तुम र अन्य ठाउँहरूमा हिंसात्मक झडप भएको थियो। दुवै पक्षले मङ्गलबार ७२ घण्टाको युद्धविराममा सहमति जनाएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति शुरु भएदेखि अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् ।

अप्रिल १९ मा स्विडेनी सरकारले खार्तुममा रहेको स्विडेनी दूतावासलाई सहयोग सशस्त्र सेना परिचालन गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?