Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कतारलाई ६८ रनले हराउँदै नेपाल सेमिफाइनलमा


१४ वैशाख, काठमाडाैँ। सुरुवातमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल कतारविरुद्ध उत्कृष्ट बलिङ गर्दै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन्दीप लामिछानेले अलराउन्डर प्रदर्शन गरेपछि नेपाले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई ६८ रनले हरायो । नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

जितका लागि नेपालले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा सबै विकेटको क्षतिमा ८९ रनमा समेटिएको थियो ।

कतारका लागि खुर्रम शाहजाद र जाहिर इब्राहिमले समान १५/१५ रन बनाउनुभयो । अमिर फरिकले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । ब्याटिङतर्फ पनि सन्दिपले नै सबै भन्दा बढी रन बनाएका थिए। उनि अविजित रहँदै ४२ रन बनाएका थिए।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?