Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कतारलाई ६८ रनले हराउँदै नेपाल सेमिफाइनलमा


१४ वैशाख, काठमाडाैँ। सुरुवातमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल कतारविरुद्ध उत्कृष्ट बलिङ गर्दै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन्दीप लामिछानेले अलराउन्डर प्रदर्शन गरेपछि नेपाले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई ६८ रनले हरायो । नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

जितका लागि नेपालले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा सबै विकेटको क्षतिमा ८९ रनमा समेटिएको थियो ।

कतारका लागि खुर्रम शाहजाद र जाहिर इब्राहिमले समान १५/१५ रन बनाउनुभयो । अमिर फरिकले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । ब्याटिङतर्फ पनि सन्दिपले नै सबै भन्दा बढी रन बनाएका थिए। उनि अविजित रहँदै ४२ रन बनाएका थिए।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?