Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कतारविरूद्ध नेपालको कमजोर ब्याटिङ, १५८ रनको सामान्य लक्ष्य प्रस्तुत


१४ वैशाख, काठमाडाैँ । कमजोर ब्याटिङ गरेपछि एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको सहयोगमा उक्त रन जोडेका हुन् ।

यस्तै कप्तान रोहित पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । बलिङमा कतारका अमिर फारोक्युले चार विकेट लिए । ओईस अहमेदले तीन, ज्ञान मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिए ।

यसअघिनै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको नेपाल आज कतारलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा छ । यस समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाई सकेको छ ।

कतार र नेपालको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूहमा नेपालको तीन खेलबाट पाँच र ओमानको ६ अङ्क छ । कतार, मलेसिया र साउदी अरब बाहिरी सकेका छन् । कतारका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाई मात्र हो ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?