Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

कतारविरूद्ध नेपालको कमजोर ब्याटिङ, १५८ रनको सामान्य लक्ष्य प्रस्तुत


१४ वैशाख, काठमाडाैँ । कमजोर ब्याटिङ गरेपछि एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको सहयोगमा उक्त रन जोडेका हुन् ।

यस्तै कप्तान रोहित पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । बलिङमा कतारका अमिर फारोक्युले चार विकेट लिए । ओईस अहमेदले तीन, ज्ञान मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिए ।

यसअघिनै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको नेपाल आज कतारलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा छ । यस समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाई सकेको छ ।

कतार र नेपालको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूहमा नेपालको तीन खेलबाट पाँच र ओमानको ६ अङ्क छ । कतार, मलेसिया र साउदी अरब बाहिरी सकेका छन् । कतारका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाई मात्र हो ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?