Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सन् २०७० सम्ममा जापानको जनसङ्ख्या आठ करोड ७० लाखमा खुम्चिने


१४ वैशाख, एजेन्सी । जापानको जनसङ्ख्या सन् २०७० सम्ममा आठ करोड ७० लाखमा झर्ने अनुमान गरिएको छ । यो सन् २०२० को तुलनामा ३० प्रतिशतले कम हुनेछ ।

‘नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसियल सेक्युरिटी रिसर्च’ले सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०४३ मा कूल जनसङ्ख्याको तीन करोड ९५ लाख ३० हजार जनसङ्ख्या ६५ बर्ष र सोभन्दा माथिको उमेर समूहको हुने र यो सङ्ख्या सन् २०७० मा तीन करोड ३६ लाख ७० हजारमा झर्नेछ । यसले सामाजिक सुरक्षा खर्चलाई शिखरमा पुर्याउनेछ ।

जापानमा तीन महिनाभन्दा बढी समयभन्दा धेरै समय बसोबास गर्दै आएका विद्यार्थी र कामदारसहित विदेशी नागरिकको सङ्ख्या सन् २०७० मा १०.८ प्रतिशत अर्थात् ९३ लाख ९० हजार पुग्ने अनुमान गरिएको छ ।

जापान आउने विदेशी नागरिकहरूको बढ्दो आगमनको बावजुद पनि सन् २०७० मा जापानमा १५ बर्षदेखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरूको जनसङ्ख्या चार करोड ५३ लाख ५० हजारमा झर्ने अनुमान गरिएको छ । यो जनसङ्ख्या सन् २०२० मा रहेको सात करोड ५० लाख ९० हजारबाट ४० प्रतिशतको कमी हुनेछ ।

सन् २०२० सम्ममा १२ करोड ६१ लाख ५० हजार रहेको जापानको कूल जनसङ्ख्या सन् २०५६ मा १० करोडभित्र झर्ने प्रक्षेपण गरिएको छ । सन् २०२२ मा आठ लाखभन्दा तल झरेको जन्मदर सन् २०५९ मा पाँच लाखभन्दा तल झर्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसन्धान निकायले जनगणना जस्ता सार्वजनिक तथ्याङ्कका आधारमा हरेक पाँच वर्षमा ५० वर्षको जनसाङ्खिकीय पूर्वानुमान उपलब्ध गराएको हो । सरकारले देशको भविष्यको पेन्सन भुक्तानी गणना गर्न पछिल्लो तथ्याङ्क प्रयोग गर्ने बताइएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?